सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

म्याद गुज्रिएका सामान बेच्ने वीरगञ्जका दुई उद्योग सिल, तीनजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
म्याद गुज्रिएका सामान बेच्ने वीरगञ्जका दुई उद्योग सिल, तीनजना पक्राउ

नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरिएको हो। उद्योगका सञ्चालक भने फरार छन्।

images
images

वीरगञ्ज- म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका-१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

images
images
images

अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो। घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

images
images

म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।

images
images

सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज-७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज-१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ। उद्योगका सञ्चालक भने फरार छन्। दुवै उद्योगबाट करिब रु ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, चैत १५ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend