सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बसाइँसराइले रितिँदै जैमिनीका गाउँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
बसाइँसराइले रितिँदै जैमिनीका गाउँ

तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ।

images
images

बागलुङ- दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।

images
images
images

सोही वर्ष जैमिनी-९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो। पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने। 

images
images

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो। तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ। प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट। विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्यांकले यही उजागर गरेको छ।

images
images

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई  व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्। शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरू उतै बसेका उनले बताए। 

रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ। ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ। 

'जनसङ्ख्या धेरै घटेको पाइएको छ', उपप्रमुख शर्मा भन्छन्। देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन्। जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउँछन्। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्यांकले देखाएको छ। रासस


प्रकाशित : बुधबार, चैत १५ २०७९०४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend