बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एमजी जेडएस ईभीको लागि बुकिङ खुल्यो, सुरुवाती मूल्य ४८ लाख ४९ हजार

मंगलबार, चैत १४ २०७९
एमजी जेडएस ईभीको लागि बुकिङ खुल्यो, सुरुवाती मूल्य ४८ लाख ४९ हजार

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता विशेषताहरु राखिएका छन्।

काठमाडौं- एमजी भेहिकलको नेपालका लागि आधिकारिक आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ विद्युतीय भेरियन्टको एसयूभी एमजी जेडएस ईभीको प्रि-बुकिङ खुल्ला गरेको छ। यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर रहेको छ। 

यो विद्युतीय कारमा ५१ केडब्लूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले एकपटकको फुल चार्जमै ३ सय २० किमि रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यस एसयूभीको ब्याट्री लाइफ ८ वर्षको रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता विशेषताहरु राखिएका छन्।

मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर-फोल्डिङ लगायत विशेषता रहेका छन्। 

दुई वटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै कम्पनीले डिलक्स भेरियन्ट्को मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयूभीलाई १ लाख रुयैयाँ तिरेर प्रि-अर्डर अथवा बुक गर्न सकिने कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत १४ २०७९१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend