सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मिटरब्याज पीडितसँग गृह मन्त्रालय टोलीको भेट, समस्या समाधानका लागि छलफल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
मिटरब्याज पीडितसँग गृह मन्त्रालय टोलीको भेट, समस्या समाधानका लागि छलफल

सरकारले मिटर ब्याजसँग सम्बन्धित कानूनलाई संसद्‍मा लैजाने निर्णय गर्न लागेको बताइएको छ। 

images
images

काठमाडौं- गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले मंगलबार आन्दोलनरत मिटरब्याज पीडितसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ। भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पारेका थिए।

images
images
images

सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए।

images
images

'यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ', भेटघाटमा सहभागी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले भने। पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उनले बताए। 

images
images

मिटर ब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौं आएका हुन्। सरकारले उनीहरुको समस्या समाधानका लागि गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित कानूनलाई संसद्‍मा लैजाने निर्णय गर्न लागेको बताइएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १४ २०७९१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend