सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

गरिब घरपरिवार छुट्याउँदा अनियमितता भएको आरोप, गरिबको सूचीमा सरकारी कर्मचारीदेखि व्यवसायीसम्म

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
गरिब घरपरिवार छुट्याउँदा अनियमितता भएको आरोप, गरिबको सूचीमा सरकारी कर्मचारीदेखि व्यवसायीसम्म

गरिब घरपरिवारको सूचीमा सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीयको आरोप छ।

images
images

दार्चुला- दार्चुलाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ। 

images
images
images

यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन्। तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर-६ का विष्णुसिंह धामीले दाबी गरे।  

images
images

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएको भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए। 

images
images

'गरिब घरपरिवार सूची पहिलेको स्थानीय सरकारले संकलन गरेर तयार पारेको सूची हामीले सार्वजनीक गरेका हौँ, त्यसमा अनियमिता भएको उजुरी दिए छानबिन गर्छौं', अध्यक्ष धामीले भने। 
  
मालिकार्जुन गाउँपालिकाले सार्वजनिक गरेको १ हजार २ सय १० जना गरिब घरपरिवारको सूचीमा बढीजसो सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समावेश गरिएको छ। 

लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा पनि सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीयको आरोप छ।

स्थानीय चन्द्र साउदले गरिब घरपरिवारको सूचीमा नाम समावेस भएका सरकारी कर्मचारी र जनप्रतिनिधिले गरिब परिचयपत्र बुझेको दाबी गरे।

सार्वजनिक गरेको सूचीअनुसार अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी ३ श्रेणीमा छुट्याइएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १४ २०७९१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend