सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने तयारी

मिटर ब्याजसँग सम्बन्धित कानून ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। मस्यौदालाई अन्तिम रुप दिई संसदमा पेस गर्न अनुमति दिने तयारी छ।

images
images

काठमाडौं- सरकारले मिटर ब्याजसँग सम्बन्धित कानूनको मस्यौदालाई संसदमा पठाउने निर्णय गर्न लागेको छ। 

images
images
images

आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानूनको मस्यौदालाई अन्तिम रुप दिई संसदमा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

images
images

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कानूनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए। 

images
images

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानूनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो। यससम्बन्धी कानून ‘फास्ट ट्र्याक’बाट निर्माण गर्न लागिएको पनि उनले बताए।

केही दिनदेखि राजधानी काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुका समस्या बुझ्न उनीहरुसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेका छन्। 

मिटरब्याज पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो। पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १४ २०७९०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend