सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images
एफएनसीसीआई निर्वाचन

तीन वरिष्ठ उम्मेदवारका ९ सारथी, कसको प्रतिस्पर्धा कोसँग?

images
मंगलबार, चैत १४ २०७९
images
तीन वरिष्ठ उम्मेदवारका ९ सारथी, कसको प्रतिस्पर्धा कोसँग?

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचन लड्नु पर्दैन। उनी ५७ औँ साधारण सभाबाट स्वत: अध्यक्ष हुनेछन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधरण सभा तथा नेतृत्व चयनको महाधिवेशन यही चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरूको गुट निर्माणको काम लगभग सकिएको छ।

images
images
images

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचन लड्नु पर्दैन। उनी ५७ औँ साधारण सभाबाट स्वत: अध्यक्ष हुनेछन्। अहिलेको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष जित्ने नै ६० औँ साधरण सभाबाट अध्यक्ष हुने हुँदा वरिष्ठमा उम्मेदवारी घोषणा गरेकाहरू गुट बनाएर निर्वाचनमा जाँदैछन्।

images
images

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले वरिष्ठमा उम्मेदवारी घोषणा गरेका छन्। अञ्जनको टिमबाट एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगतमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी रहेका छन्। 

images
images
team.jpg

यसैगरी रामचन्द्र संघईले पनि गुट तयार गरिरहेका छन्। उनले वर्तमान कोषाध्यक्ष शकुन्तला हिराचनलाई वस्तुगत उपाध्यक्ष राखेर टिम तयार पार्दैछन्। हिराचनसँग यसअघि संघईकै टिमबाट वस्तुगत उपाध्यक्ष लड्न तयार भएका सन्दीप अग्रवाल एशोसिएटबाट चुनाव लड्ने भएका छन्।

त्यस्तै उनले जिल्लानगरमा सुरकृष्ण वैद्यलाई अघि सारेका छन्। संघईको जिल्ला नगर उपाध्यक्ष अझै निश्चित भइसकेको छैन। अघिल्लो पटक वस्तुगत उपाध्यक्षमा निर्वाचन हारेका उमेशलाल श्रेष्ठले पनि टिम तयार पारेका छन्।

उमेशको टिमबाट जिल्लानगर उपाध्यक्ष वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका छन्। श्रेष्ठले एशोसिएट उपाध्यक्षमा भने भरत आचार्य रहेका छन्। यसैगरी वस्तुगतमा हेमराज ढकाल रहेका छन्।


प्रकाशित : मंगलबार, चैत १४ २०७९०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend