सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एकैदिन एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
एकैदिन एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

तीन दिनमा सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- यो साता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

images
images
images

तीन दिनमा सुनको मूल्य एक हजार ८ सय रूपैयाँले सस्तिएको छ। आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम छ। 

images
images

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ ताेकिएको थियो। 

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १४ २०७९०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend