सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

भारतबाट सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
भारतबाट सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या

नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ। नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ।

images
images

भरतपुर- स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन्।

images
images
images

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँचसय मेट्रिक टन मह मौज्दात रहेको बताए। सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ।
 
नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ। नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ। नेपालमा वार्षिक ३० करोड ३४ लाख रूपैयाँ बराबरको मह आयात हुँदा १६ करोड ८१ लाखको मह निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ।

images
images

नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए। उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे। उनका अनुसार पछिल्लो चार महिनामा दुईसय मेट्रिक टन मह आयात भएको छ।

images
images

मौरीविज्ञ डा. शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए। मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गरेका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे। मह दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए। उनले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताए।

मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासंघ चितवनले अन्तरक्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन्। रासस


प्रकाशित : मंगलबार, चैत १४ २०७९०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend