सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बैंकर्सहरूसँग गभर्नरको चार घण्टा छलफल, प्रणालीगत जोखिम छैन तर सचेत भएर अघि बढ्न सुझाव 

images
सोमबार, चैत १३ २०७९
images
बैंकर्सहरूसँग गभर्नरको चार घण्टा छलफल, प्रणालीगत जोखिम छैन तर सचेत भएर अघि बढ्न सुझाव 

नेपालका बैंकहरूको अवस्था एसियाली मुलुकहरूकोभन्दा बलियो र राम्रो भएको समेत छलफलमा सहभागी सबै सहमत भएका थिए। छलफलमा आईएमएफले गर्ने भनेको अडिटको विषयमासमेत बैंकर्सहरुले चासो दिएका थिए।

images
images

काठमाडौं- राष्ट्र बैंक र बैंकर्सबीच आज चार घण्टा छलफल भएको छ। वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा राष्ट्र बैंकले बैंकका सीईओहरूसँग छलफल गरेको थियो। 

images
images
images

उक्त छलफलबाट वित्तीय क्षेत्रमा देखिएका समस्या सामूहिक रुपमा सामना गर्ने निष्कर्ष निकालिएको छ। 

images
images

आज झन्डै ४ घन्टा वाणिज्य बैंकका सीइओ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नरहरुले वित्तीय क्षेत्रका समस्याका बारेमा छलफल गरेका थिए। छलफलमा सहभागी एक बैकर्सका अनुसार नेपालका बैंकहरूको जोखिम व्यवस्थापन राम्रो रहेकाले प्रणालीगत जोखिम नरहेको निष्कर्ष निकालिएको छ। 

images
images

नेपालका बैंकहरूको अवस्था एसियाली मुलुकहरूकोभन्दा बलियो र राम्रो भएको समेत छलफलमा सहभागी सबै सहमत भएका थिए। छलफलमा आईएमएफले गर्ने भनेको अडिटको विषयमासमेत बैंकर्सहरुले चासो दिएका थिए।

पछिल्लो समय ऋणको किस्ता ब्याजसमेत उठ्न छाडेको वित्तीय क्षेत्रमा बढेका आक्रमणका विषयमा समेत छलफल गरिएको थियो। उद्योग वाणिज्य महासंघमा समस्या भए छलफलबाट समाधन निकाल्ने तर अराजकता बढेमा कानुन अनुसार कारबाही बैंकहरूको संरक्षणका लागि आफूहरू तयार रहेको राष्ट्र बैंकका अधिकारीहरूले आश्वासन दिएका थिए। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकाल समेत छलफलमा सहभागी थिए। सबै वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीईओ) हरुले अहिलेनै अत्तिने अवस्था नआएको तर सबै निकाया सचेत हुनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारतर्फ लागेको तर दबाबमुक्त नभएकाले सचेत भएर अघि बढ्नुपर्ने बताएका थिए। 

यता उद्योगी व्यवसायीको आन्दोलनसँगै केही अराजकता बढेको विषय अहिले मत्थर हुँदै गएको छलफलमा जानकारी गराएका थिए। 

ऋणीको ब्याज र किस्तासँगै कर्जा नवीकरण हुन छाडेपछि खराब कर्जा बढेको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त क्षेत्रमा खराब कर्जाको ग्राफ बढेको विषयमा गम्भीर चासो अधिकारीले राखेका थिए।


प्रकाशित : सोमबार, चैत १३ २०७९१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend