सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

नेपालमा अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी  

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
नेपालमा अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी  

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो। नेपाल राष्ट्र बैंकको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी पाँच, १० र १०० रूपैयाँका नोट प्रकाशन भएको इतिहास रहेको छ।

images
images

काठमाडौं- नेपाल मुद्रा संकलक संघको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।

images
images
images

राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो। अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो।

images
images

प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ। पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको संघको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए। 

images
images

प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गरे। कार्यक्रममा नेपाल राष्ट्र बैंक टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, संघका अध्यक्ष दीनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा संकलनको महत्त्वका बारेमा प्रकाश पारेका थिए।

mudra.jpg

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो। नेपाल राष्ट्र बैंकको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी पाँच, १० र १०० रूपैयाँका नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए। मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा संकलन महत्त्वपूर्ण हुने जनाइएको छ।

प्रदर्शनीमा भारतका मुद्रा संकलकको पनि सहभागिता रहेको छ। गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए। संघमा हाल तीन सय ५९ सदस्य सक्रिय रहेका छन्। जसले निरन्तररूपमा मुद्रा संकलन गर्ने गरेको जनाइएको छ। 

प्रदर्शनी बुधबारसम्म चल्नेछ। प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ। पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत १३ २०७९१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend