सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार : प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

images
सोमबार, चैत १३ २०७९
images
देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार : प्रहरी र प्रशासनद्वारा खोजी कार्य तीव्र

यदि यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारबाही हुने व्यवस्था रहेको छ।

images
images

काठमाडौं- विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याइएको सुराकीका आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको छ। 

images
images
images

यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यू स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिश शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका  सञ्चालक ध्रुवसिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गराई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ।   

images
images

यस्ता पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्याशित दुर्घटना भइ ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यको पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ। साथै वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भइ व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्।

images
images

यस कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्वारा काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारबाहीलाई तीव्र बनाएको हो। यदि यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारबाही हुने व्यवस्था रहेको छ।  


प्रकाशित : सोमबार, चैत १३ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend