सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न दस्तावेज तयार पारिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न दस्तावेज तयार पारिँदै

युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो।

images
images

लुम्बिनी- कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई अगाडि बढाइएको छ।

images
images
images

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञको कार्यशाला आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो।

images
images

कार्यशालामा अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा रवीन कनिङहम (बेलायत, प्रा.डा यूकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा  राजेश राई, डा इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल र यनी जोशीको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल भएको हो। 

images
images

मनोनयन दस्तावेजमा पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्वविद् बसन्त विडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए। लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञसँग छलफल अगाडि बढाइएको हो।

छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसित आग्रह गरे। उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्विक महत्व विश्वमा चिनाउन मद्दत पुग्ने बताए।

हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालीन अवस्था विभिन्न समयमा तीर्थयात्रीको भ्रमण जस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भएको उपाध्यक्ष मैत्तयको भनाइ छ। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे। उनले  कपिलवस्तु बुद्धको वंश रहेको र बुद्ध स्वयमले २९ वर्ष बिताएको ठाउँ रहेकाले यसलाई सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए। 

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझाव आएको उल्लेख गर्दै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एवम् स्थानीयवासीको समेत सहयोग आवश्यक हुने बताए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव डा‍. सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको जानकारी दिए। उनले सन् १९९६ मै तिलौराकोट सम्भाव्य विश्व सम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत हुने बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको जिकिर गर्दै स्थानीय रुपमा वातावरण अनुकूल बनाउने काममा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि कार्यतालिका, विषयसूची, तिलौराकोटको विशेषता र अदितिय अनुपम विश्वव्यापी महत्वका बारेमा छलफल गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए। युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend