सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सरकारले अघि बढायो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना

images
सोमबार, चैत १३ २०७९
images
सरकारले अघि बढायो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना
फाइल तस्बिर

सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। 

images
images

काठमाडौं- सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। 

images
images
images

मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना अघि बढेको जानकारी दिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा यो कामलाई सुरू गरिएकाे उनले बताए।

images
images

‘सवारी साधनहरुमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो। मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ', उनले भने, 'त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं।'

images
images

यातायात व्यवस्था विभागले गएको जेठमा एक सूचना जारी गरी साउन १ गतेदेखि सवारीसाधनमा अनिवार्य ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्न भनेको थियो। त्यतिबेला नम्बर प्लेट अंग्रेजीमा नभई नेपालीमै हुनुपर्ने आवाज उठेको थियो। नेपाली समाज र सरकारी निकायले पटक पटक ध्यानाकर्षण गराएपछि सरकारले यो काम अघि बढाउन लागेको हो। 


प्रकाशित : सोमबार, चैत १३ २०७९०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend