सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

आरक्ष सहकारीबाट बचतकर्ताले फिर्ता पाएनन् बचत

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
आरक्ष सहकारीबाट बचतकर्ताले फिर्ता पाएनन् बचत

सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ। बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन्।

images
images

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको  ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो। 

images
images
images

रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेकी थिइन्। जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गरेकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने थियो। तर आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेकी छैनन्।

images
images

आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन्। बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट आठ लाख रूपैइाँ बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सकेका छैनन्।

images
images

जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट एक लाख रूपैयाँ हाराहारीमा रकम फिर्ता पाउन सकेका छैनन्।

सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीको मुख्य कार्यालय भने काठमाडौं महानगरपालिका-१५ सीतापाइलामा छ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ। सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठ्दैन। कार्यालयमा तालाबन्दी भएको छ। सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ। बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन्।

उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन। महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा सहकारी समिति पनि गठन गरिएको छ। महानगरपालिका-९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रुपमा काम गरेका छन्। महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानूनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए। 

महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानूनी व्यवस्था गर्न लागेको उनले सुनाए। महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ। रासस


प्रकाशित : सोमबार, चैत १३ २०७९०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend