सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

१५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

images
images

नेपालगञ्ज- बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेको छ।

images
images
images

उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

images
images

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए। ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन’, उनले भने। 

images
images

प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुंगो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए। मिटरब्याजी पीडितलाई सरकारले उजुरी गर्न आग्रह गरेपछि यस विषयमा छानबीन सुरू गरिएको हो। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend