सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बुढीगण्डकीको रकमान्तर गरिएको १ अर्ब ४० करोड रुपैयाँ बजेट तत्काल फिर्ता गर्न कांग्रेस सांसद अधिकारीको माग

images
आइतबार, चैत १२ २०७९
images
बुढीगण्डकीको रकमान्तर गरिएको १ अर्ब ४० करोड रुपैयाँ बजेट तत्काल फिर्ता गर्न कांग्रेस सांसद अधिकारीको माग

अर्थ मन्त्रालयले बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरेको थियो।

images
images

काठमाडौं- धादिङका सांसद रामनाथ अधिकारीले बुढीगण्डकी आयोजनाको १ अर्ब ४० करोड रुपैयाँ बजेट अन्यत्र रकमान्तर गरिएको भन्दै प्रतिनिधि सभाको बैठकमा आपत्ती जनाएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बुढीगण्डकी आयोजनाका लागि ८ अर्ब रुपैयाँ बिनियोजन भएको गरेको थियो।

images
images
images

‘राष्ट्रिय गौरवको आयोजनाका लागि अपुग रहेको अवस्था थियो, हाल मुआब्जा अन्तर्गत कामहरु नै नभइरहेको अवस्थामा रकमान्तर भएको छ,’ सांसद अधिकारीले भने। आयोजना निर्माणलाई विगतदेखि नै अलमल्याउने काम भइरहेको बताउँदै सांसद अधिकारीले आयोजना प्राभावितहरुको तर्फबाट पटक पटक मुआब्जा टुंग्याउन आग्रह गर्दै आएको बताए। ‘पूर्ण रुपमा मुआब्जा वितरण गरेर उचित व्यवस्थापन गर्नुपर्ने समय घर्किसकेको छ,’ अधिकारीले भने।

images
images

बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपियो बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपियो

images
images

राष्ट्रको आर्थिक समृद्धिसँग जोडिएको आयोजना निर्माणमा केन्द्रित हुनुपर्नेमा अर्थमन्त्रालयले सम्बन्धित आयोजना र सरोकारवाला निकायसँगको समन्वयनबिना १ अर्ब ४० करोड रुपैयाँ बजेट रकमान्तर गर्नु गलत भएको समेत उनले बताए। यो रकमान्तर गर्ने कार्य तत्काल फिर्ता गरेर आयोजना निर्माणको कामलाई तत्काल गति दिनसमेत सांसद अधिकारीले बताए। 

केही दिनअगाडि मात्रै अर्थ मन्त्रालयले बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरेको थियो। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ। 

अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार बुढीगण्डकीको १ अर्ब बजेट अर्को आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि रकमान्तर गरिएको छ। डाइभर्सनको सिन्धुली सुरूङ निर्माणका लाग भन्दै १ अर्ब बजेट थप गरिएको हो। 


प्रकाशित : आइतबार, चैत १२ २०७९१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend