आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

खानेपानी आयोजनाको ८ हजार ७ सय मिटर पाइपमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
खानेपानी आयोजनाको ८ हजार ७ सय मिटर पाइपमा क्षति
फाइल तस्बिर

आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चारसय ३५ मिटर, पनौती नपाले चार हजार तीनसय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छसय २६ मिटर पाइपमा क्षति पुर्‍याएको छ। क्षतिका कारण आयोजनाको एक करोड १६ लाख ३९ हजार ६५ रूपैयाँ बराबरको नोक्सान भएको हो।

images
images

काभ्रेपलाञ्चोक- तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ। तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो।

images
images
images

आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चारसय ३५ मिटर, पनौती नपाले चार हजार तीनसय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छसय २६ मिटर पाइपमा क्षति पुर्‍याएको छ। क्षतिका कारण आयोजनाको एक करोड १६ लाख ३९ हजार ६५ रूपैयाँ बराबरको नोक्सान भएको हो।

images
images

निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ। बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए। ‘सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा बेहोर्नु पर्नेछ’, उनले भने।

images
images

पाँच मुहानबाट पानी संकलन गरिने आयोजनाको तीन सय ३८ किलोमिटरमध्ये हालसम्म दुईसय ९८ किमीमा पाइप बिछ्याइएको छ। सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। करिब एक अर्ब लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एसियाली विकास बैंक (एडीबी) ले आयोजनाबाट हात झिकिसकेको छ।

तीन वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ। आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन्। गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने जनाइएको थियो। परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो।

चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इंक ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ। शाक्यले भने, ‘नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ।’

ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इंकले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए।

वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती-खोपासी सडक, पनौती-बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ। आयोजनाको रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ। पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ।

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ। तीन नगरका एक हजार एकसय १४ धाराको इन्टर-कनेक्सन गरिएको छ। यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको थियो। रासस  


प्रकाशित : आइतबार, चैत १२ २०७९०९:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend