आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रसुवामा जग्गाको कित्ताकाट खुलाउन थालियो पहल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
रसुवामा जग्गाको कित्ताकाट खुलाउन थालियो पहल

रसुवाका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले जग्गा कित्ताकाटको गृहकार्य अगाडि बढाएको हो।

images
images

रसुवा- गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरूवात गरेका छन्।

images
images
images

यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो। यसका लागि उसले सुझाव संकलन सम्पन्न गरेको छ।
 
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव संकलन कार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए। भू-उपयोगको नीतिअनुरूप संकलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए। कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू-उपयोग नीतिले औँल्याएको छ। 

images
images

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण ३० लाख रूपैयाँभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ। कित्ताको रजिष्ट्रेसन, मरूवा नामसारी, बैंक-वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेसन कार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए। 

images
images

नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत संकलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए। रासस 


प्रकाशित : आइतबार, चैत १२ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend