आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

३ महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद, कारोबारमा संलग्न २२ जना पक्राउ

images
आइतबार, चैत १२ २०७९
images
३ महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद, कारोबारमा संलग्न २२ जना पक्राउ

काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ। 

images
images
images

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए। 

images
images

'प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए। उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र पाँच सय दरको चार हजार पाँच सय नक्कली नोट बरामद गरेको जनाएको छ।

images
images

साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा एक हजार दरको चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ। 

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका-८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका-७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रकाशित : आइतबार, चैत १२ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend