आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
सेती नदीको दोहन रोक्न संरक्षण अभियान

सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो।

images
images

पोखरा- अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

images
images
images

नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो। केही वर्षदेखि नदीबाट तीव्ररूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन्।

images
images

सेती नदीबाट बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए ।

images
images

नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, 'सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौँ।'

सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधारलगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिकस्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोगसम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए।

सुुरुआतमा सेती नदी बचाउ अभियानको कार्यक्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ। वडाहरूमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरू भएर वडास्तरीय समिति गठन गरिएको छ। सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका–१९ र माछापुच्छ्रे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनास बढेको भन्दै उत्खनन बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो।

सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यही चैत ८ गते तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि समेत उत्खनन नरोकिएको भन्दै अभियन्ताहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन्।

सेती नदी र मर्दी नदी दोभान आसपास डोजर, एक्साभेटरलगायतका सामग्री प्रयोग गरी नदी दोहन भइरहेको भन्दै पौडेलले अदालतमा रिट निवेदन दिएका थिए। यसबीच सेती संरक्षण अभियानको शनिबार भएको भेलाले अभियन्ता पौडेलको अध्यक्षतामा सेती संरक्षण संस्था दर्ता गर्ने गरी तदर्थ समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा धर्मराज बाँस्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल (आचार्य) रहेका छन् भने सदस्यमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी रहेका छन्। रासस


प्रकाशित : आइतबार, चैत १२ २०७९०४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend