आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बैंकलाई गाली गरेर अहिलेको समस्या समाधान हुँदैन : चन्द्र ढकाल 

images
आइतबार, चैत १२ २०७९
images
बैंकलाई गाली गरेर अहिलेको समस्या समाधान हुँदैन : चन्द्र ढकाल 

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताए। 

images
images

काठमाडौं-  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुक भित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई  नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने बताएका हुन्। 

images
images

‘विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरूले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ’ उनले भने। 

images
images

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताए। 

‘सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक वित्तिय संस्था पनि निजी क्षेत्रकै अंग हुन ।  बैंक वित्तीय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थिरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन,” उनले भने “यसका समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।”

महासंघको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको प्रसङ्ग उठाउँदै उनले यसले महासंघलाई थप एकतावद्ध भई सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताए। 


प्रकाशित : आइतबार, चैत १२ २०७९०३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend