आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

images
शनिबार, चैत ११ २०७९
images
सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ। आयोजना निर्माणमा आठ अर्ब ७० करोड रुपैयाँ खर्च भएको अध्यक्ष ढुंगानाले बताए।

images
images

गण्डकी- कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ।

images
images
images

कुल ४४ मेगावाटको जलविद्युत आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भइ आयोजनास्थलबाट १९ किलोमिटर दुरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए। 

images
images

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ। आयोजना निर्माणमा आठ अर्ब ७० करोड रुपैयाँ खर्च भएको अध्यक्ष ढुंगानाले बताए। विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उनले २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे। 

images
images

सुरुमा सात अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार बाढीका कारण एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको छ।

मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको जनाइएको छ। 

आयोजनाका लागि दुई अर्ब १० करोड सेयर पुँजी रहेको छ। बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए। 

वार्षिक २४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एन्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एसिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एन्ड इञ्जिनियरिङ कम्पनी रहेका छन्। रासस


प्रकाशित : शनिबार, चैत ११ २०७९११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend