आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मेलम्चीको पानी सूर्यविनायक नपामा वितरण हुने

images
शनिबार, चैत ११ २०७९
images
मेलम्चीको पानी सूर्यविनायक नपामा वितरण हुने

खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्नेगरी केयूकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। 

images
images

भक्तपुर- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ।
 
सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्नेगरी केयूकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। 
 
नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयूकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

images
images
images

सम्झौता लगत्तै पानी वितरणको प्रक्रिया सुरु हुनेछ। अब केयूकेएलले काठमाडौंपछि भक्तपुरमा पनि मेलम्चीकाे पानी वितरण गर्ने भएको छ। रासस

images
images


प्रकाशित : शनिबार, चैत ११ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend