आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

घरेलु उद्योगमा बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
घरेलु उद्योगमा बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

व्यापार व्यवसायमा ३ लाख १० हजार ६ सय ५१, यातायातमा ३४ हजार ६ सय ५६, सेवा क्षेत्रमा ६९ हजार १ सय ७७ र अन्य व्यवसायमा ७५ हजार ५ सय ५९ बराबर छ।

images
images

काठमाडौं- मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि संघीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ।

images
images
images

आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ। देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार आठ सय ८७ छन्।

images
images

साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार नौ दशमलव् चार प्रतिशत रहेको छ। साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग १ लाख ३७ हजार छ सय ४४ बराबर छ।

images
images

व्यापार व्यवसायमा ३ लाख १० हजार ६ सय ५१, यातायातमा ३४ हजार ६ सय ५६, सेवा क्षेत्रमा ६९ हजार १ सय ७७ र अन्य व्यवसायमा ७५ हजार ५ सय ५९ बराबर छ। साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन्।

यस्तै जनगणनाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव एक प्रतिशत मानिस अविवाहित छन् भने ६१ दशमलव आठ प्रतिशत मानिस विवाहित छन्। राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति ३४ दशमलव चार प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ। मुलुकको कूल साक्षरता दर ६७ दशमलव तीन प्रतिशत बराबर छ। पुरुषको साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ।

कृषिमा संलग्न जनसङ्ख्या बढी

राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार तीन सय १० जनसङ्ख्या छन्। त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव तीन प्रतिशत रहेका छन्। थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा आठ दशमलव एक प्रतिशत, अन्य सेवामा तीन दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादनमा तीन दशमलव आठ प्रतिशत जनसङ्ख्या संलग्न छन्।

विद्यार्थी भएका कारण आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ। दश वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव नौ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ।

घरधन्दामा २१ दशमलव नौ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह सात दशमलव पाँच प्रतिशत, अन्यमा सात दशमलव चार प्रतिशत, अशक्त बिरामी दुई दशमलव पाँच प्रतिशत, पेन्सन आयमा दुई दशमलव दुई प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव तीन प्रतिशत रहेको छ। रासस


प्रकाशित : शुक्रबार, चैत १० २०७९१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend