आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
चितवन राष्ट्रिय निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुवात गरिएको हो।

images
images

 कावासोती- चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुवात गरिएको छ।

images
images
images

निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुवात गरिएको जंगल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिए।

images
images

सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताए।

images
images

गैँडाकोट नगरपालिका-१७ को पाँच लाख रूपैयाँ सहयोग र होटल व्यवसायीहरुको १६ लाख रूपैयाँको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो। निकुञ्जभित्र जंगल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिंगे गैँडा धेरै संख्यामा देख्न सकिने अध्यक्ष धितालले बताए।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जंगल सफारीका क्रममा १४ एकसिंगे गैँडा फेला परेका थिए। धेरै मात्रामा एक एकसिंगे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पुर्‍याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए।

गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जंगल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो। यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जंगल सफारी गराउँदै आएका थिए।

नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जंगल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न्। बिहीबार सुरु गरिएको जंगल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ। रासस 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend