आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

हेटौँडा सिमेन्टको उत्पादन पुन: बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
हेटौँडा सिमेन्टको उत्पादन पुन: बन्द

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो।

images
images

बागमती- विभिन्न समस्याका कारण बन्द हुने र खुल्ने भइरहेको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आज शुक्रबारदेखि पुन: बन्द भएको छ।

images
images
images

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ। मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए।

images
images

उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ।
 
विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए। 
 
सो उद्योगमा अहिले दैनिक १ सय १० टन कोइला खपत भइरहेको छ। साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ। अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ। 

images
images

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुंगाको मौज्दात रहेको बताइएको छ। नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो। हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन्। 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend