आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एमसीसीले निर्माण गर्ने ठूला तीन सवस्टेसनका लागि ठेक्का खुल्यो

शुक्रबार, चैत १० २०७९
एमसीसीले निर्माण गर्ने ठूला तीन सवस्टेसनका लागि ठेक्का खुल्यो

एमसीए नेपालले ४०० केभीको रातमाटे सवस्टेसन, ४०० केभी न्यू बुटवल सवस्टेसन र ४०० केभी न्यू दमौली सवस्टेसन निर्माणका लागि ठेक्क आह्वान गरेको हो।

काठमाडौं- एमसीसीले निर्माण गर्ने तीनवटा सवस्टेशनको लागि बोलपत्र आह्वान भएको छ। एमसीए नेपालले शुक्रबार बोलपत्र आह्वान गर्दै ९० दिने सूचना सार्वजनिक गरेको हो।

एमसीए नेपालले ४०० केभीको रातमाटे सवस्टेसन, ४०० केभी न्यू बुटवल सवस्टेसन र ४०० केभी न्यू दमौली सवस्टेसन निर्माणका लागि ठेक्क आह्वान गरेको हो।

एमसीसी परियोजना कार्यन्वयनका लागि एमसीए नेपालले पछिल्लो समय प्रशारणलाइन र सवस्टेसन निर्माणका लागि धमाधम ठेक्का आह्वान गरिरहेको छ।

तीनवटा सवस्टेसन अन्तर्गत रातमाटे सवस्टेसनका लागि ४ लाख २५ हजार डलर धरौटी, त्यस्तै ४०० केभी न्यू बुटवल सवस्नेसनका लागि २ लाख ६० हजार डलर त्यस्तै न्यू दमौली सवस्टेसनका लागि २ लाख ७० हजार डलर धरौटी राखेर आवेदन दिनुपर्ने छ।

एमसीए नेपालले जुन ३० गते भित्र आवेदन दिन समेत सूचनामा उल्लेखन गरेको छ। लामो रस्सकस्सीबीच एकवर्षअघि अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको थियो। अहिले कार्यान्वयनको पूर्वतयारीको चरणमा रहेको छ। 

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता गतवर्ष २०७८ फागुन १५ गते अनुमोदन भएको थियो। नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि एमसीसीले करिब ५० करोड डलर अनुदान सहायता उपलब्ध गराउने छ।

त्यसमा नेपाल सरकारका तर्फबाट करिब १५ करोड डलर बराबरको लगानी हुनेछ।

उक्त अनुदान सहायता आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, विद्युत प्रसारण लाइन निर्माणमा र सडक मर्मतमा खर्च हुने तथा नेपालको दिगो विकासमा सहयोग गर्नेछ।


प्रकाशित : शुक्रबार, चैत १० २०७९०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend