आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images
जनगणनाको नतिजा

१० वर्षभन्दा माथिको जनसंख्यामा ६५.५ प्रतिशत व्यक्ति आर्थिक रुपले सक्रिय

images
शुक्रबार, चैत १० २०७९
images
१० वर्षभन्दा माथिको जनसंख्यामा ६५.५ प्रतिशत व्यक्ति आर्थिक रुपले सक्रिय

जनगणनाअनुसार आर्थिक काम गरेका जनसंख्यामध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ५०.१ प्रतिशत रहेका छन्। 

images
images

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार १० वर्षभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जनामध्ये ६५.५ प्रतिशत अर्थात १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना आर्थिक रुपले सक्रिय रहेका छन्। ८२ लाख ११ हजार १२ जना (३४.३ प्रतिशत) आर्थिकरुपले निष्क्रिय देखिन्छन्।

images
images
images

१० वर्षभन्दा माथिका अक्सर आर्थिक रूपले सक्रिय १ करोड १० लाख ३८ हजार १ सय ५ जनामध्ये ९३.०५ प्रतिशत अर्थात १ करोड २ लाख ७० हजार ४ सय ४७ जना अक्सर रोजगार र ७ लाख ६७ हजार ६ सय ५८ जना अर्थात ६.९५ प्रतिशत अक्सर बेरोजगार देखिएका छन्। 

images
images

यस्तै जनगणनाअनुसार आर्थिक काम गरेका जनसंख्यामध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ५०.१ प्रतिशत रहेका छन्। यसपछि क्रमशः सामान्य वा प्राथमिक पेशाका कामदारहरू २३.० प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ५.६ प्रतिशत, व्यवस्थापकहरू ५.१ प्रतिशत रहेका छन्।

images
images

दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल पुरुष संख्या ७८ लाख ७६ हजार ३ सय २२ मध्ये कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ४३.९ प्रतिशत भने सो समूहका कुल महिला संख्या ७१ लाख ६ हजार ९ सय ८८ मध्ये सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ५६.९ प्रतिशत रहेका छन्।

आर्थिक काम नगर्नुको कारण

दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै पनि आर्थिक काम नगरेका ८९ लाख ७५ हजार ५ सय ५८ व्यक्तिहरुमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। 

अन्य कारणहरुमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको छ।

देशभर ६.३ प्रतिशत घर खाली देशभर ६.३ प्रतिशत घर खाली नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend