आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

४ सय १५ बचतकर्ताको १३ करोड ठगी गर्ने उत्तम सहकारीका अध्यक्षसहित २ जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
४ सय १५ बचतकर्ताको १३ करोड ठगी गर्ने उत्तम सहकारीका अध्यक्षसहित २ जना पक्राउ

कोषाध्यक्ष र सचिवसहित सञ्चालक समितिका ५ जना भने अझै फरार छन्।

images
images

काठमाडौं- ४ सय १५ जना बचतकर्ताको १३ करोड ७ लाख ९७ हजार ६७ रूपैयाँ ठगी गर्ने उत्तम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसहित २ जना पक्राउ परेका छन्। 

images
images
images

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित उत्तम सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका-३ की ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र  सहकारीकी सदस्य काठमाडाैं बस्ने लमजुङकी २५ वर्षीया शीला रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

कोषाध्यक्ष र सचिवसहित सञ्चालक समितिका ५ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुले आकर्षक ब्याजको प्रलोभन देखाउँदै रकम जम्मा गर्न लगाएर बचतकर्ताको बचत रकम लिएर फरार भएको उजुरीकर्ताले बताएका छन्। 

images
images

उक्त सहकारीमा दैनिक १८ सयजना बचतकर्ताले रकम जम्मा गर्ने गरेका थिए। उनीहरुबाट दैनिक ६ लाख रूपैयाँभन्दा बढी रकम उठ्ने गरेको, साथै निक्षेपकर्ताहरुले मुद्दती खाता समेत खोलेर २५ लाख रूपैयाँसम्म जम्मा गर्ने गरेका थिए। 

सहकारी नाफामा जाँदा उक्त रकम सञ्चालक समितिका सदस्यहरुले बिनाधितो तथा बिनाब्याज २० लाखसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरुले संस्था नाफामा गएको बेला बालुवाटार, माछापोखरी, नारायणस्थान र बसुन्धारा गरी ४ ठाउँमा उत्तम मार्टसमेत सञ्चालन गरेका थिए। 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend