आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बुढीगण्डकीको १ अर्ब ४० करोड बजेट रकमान्तर गरेको भन्दै कांग्रेस सांसद बजगाईंको विरोध, तत्काल निर्णय सच्याउन माग

शुक्रबार, चैत १० २०७९
बुढीगण्डकीको १ अर्ब ४० करोड बजेट रकमान्तर गरेको भन्दै कांग्रेस सांसद बजगाईंको विरोध, तत्काल निर्णय सच्याउन माग

बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ। 

काठमाडौ- बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपिएको भन्दै गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईंले विरोध जनाएका छन्। 

आयोजना र जनप्रतिधिलाई जानकारी नै नदिइ बुढीगण्डकीको १ अर्ब ४० करोड रूपैयाँ रकमान्तर गरेको भन्दै सांसद बजगाईंले सामाजिक सञ्जालमार्फत विरोध गरेका हुन्।

‘यो विषयलाई मैले गम्भीर रुपमा लिएको छु। गोर्खालीहरुको साझा सपना बुढीगण्डकी आयोजना निर्माणमा लाग्नुपर्ने समयमा अर्थ मन्त्रालयले आयोजनालाई जानकारी समेत नदिइकन रकमान्तर गर्नु दुर्भाग्यपूर्ण छ,’ सांसद बजगाईंले भने।

कांग्रेस सांसद बजगाईंले बुढीगण्डकी आयोजना निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गरेका छन्। 

budhi gandaki.JPG

बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ। 

अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार बुढीगण्डकीको १ अर्ब बजेट अर्को आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि रकमान्तर गरिएको छ। डाइभर्सनको सिन्धुली सुरूङ निर्माणका लाग भन्दै १ अर्ब बजेट थप गरिएको हो। 

फागुनमा कुल १ अर्ब ६५ करोड बजेट रकमान्तर भएको छ। विभिन्न मन्त्रालयले एउटा उपशीर्षकबाट अर्को उपशीर्षकमा बजेट रकमान्तर गर्न सक्छन्। तर यसका लागि अर्थको सहमति भने चाहिन्छ। खर्च नभएको आयोजनाको बजेट आवश्यक भएको आयोजनामा रकमान्तर गर्न सक्ने भए पनि मन्त्री तथा राजनीतिक नेतृत्वले स्वार्थका लागि जथाभावी रकमान्तर गर्न सक्ने जोखिम हुन्छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलले कर्णाली, कालीगण्डकी र कोशी करिडोरको १० करोड बजेट मदन भण्डारी राजमार्ग आयोजनामा रकमान्तर गरेको छ। 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend