आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

images
शुक्रबार, चैत १० २०७९
images
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरिएको थियो। 

images
images

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

images
images
images

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।

images
images

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। जसअनुसार लैंगिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

images
images

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्‍गी (लैङ्‍गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९ सय २८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो। 

janagadana.jpg

जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (१.६७ प्रतिशत) रहेका छन्।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो। 

गत २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।

२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ। त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ। सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ।


प्रकाशित : शुक्रबार, चैत १० २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend