आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
images
images

काठमाडाैं- मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ। 

images
images
images

महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।  

images
images

सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे।

images
images

घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्। प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताए। किसानले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए। प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्।

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए।

सरकारले तीनसय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ। ‘आज मात्रै प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्‌मा ल्याउन र संसद्मा दर्ता गर्न भनिसकेका छन्। चाँडै नै त्यो  कानून संसद्मा दर्ता हुन्छ। प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’, प्रेस संयोजक शर्माले भने। रासस


प्रकाशित : शुक्रबार, चैत १० २०७९०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend