आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एमजीले महिन्द्राको ईकेयूभी १०० सँग प्रतिस्पर्धा गर्नेगरी कम्प्याक्ट विद्युती कार ल्याउने 

कोमेटमा आधारित नयाँ कम्प्याक्स ईभी 

images
शनिबार, चैत ११ २०७९
images
एमजीले महिन्द्राको ईकेयूभी १०० सँग प्रतिस्पर्धा गर्नेगरी कम्प्याक्ट विद्युती कार ल्याउने 

त्यस्तै २६.७ किलोवाट आवर ब्याट्री भएको मोडलले ३ सय किलोमिटर रेन्ज दिनेछ। २६.७ किलोवाट आवरको ब्याट्री भएको माइक्रो एसयूभी भने डुवल मोटर अप्सनमा आउने छ।

images
images

काठमाडौं- एमजीले नयाँ विद्युतीय कार बनाउने भएको छ। भारतमा ई२६० कोडनेममा बनाउन थालेको विद्युतीय कार कम्प्याक्ट सेगमेन्टको हुनेछ। 

images
images
images

यो विद्युतीय कार एमजीले नै ल्याउने लागेको कोमेट ईभीकै प्लेटफर्ममा आधारित रहेर बनाउने भएको छ। कोमेट ईभी ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (जीएसईभी) प्लेटफर्ममा बन्ने छ। यो प्लेटफर्म चिनियाँ सवारी उत्पादक एसएआईसी र विलिङ तथा अमेरिकी कार उत्पादक जनरल मोटर्सले संयुक्त रुपमा विकास गरेका हुन्। 

images
images

सो कम्प्याक्स एसयूभी ३ मिटर लेन्थ र ३ ढोके डिजाइनमा बन्नेछ। एमजीले बनाउने यो कार महिन्द्राको केयूभी १०० मा जस्तै हुने छ। महिन्द्राले जुनसकै सयममा विद्युतीय भर्सनको ईकेयूभी १०० सार्वजनिक गर्न सक्ने अनुमान समेत गरिएको छ। एमजीको नयाँ कम्प्याक्ट ईभी र ईकेयूभी १०० निकट प्रतिस्पर्धी हुनेछन्। 

images
images

एमजी ई२६० ईभी एकजीकै भगिनी ब्रान्ड बाओजुनले यसअघि सार्वजनिक गरेको यप माइक्रो एसयूभी कन्सेप्टमा आधारित हुने अनुमान समेत गरिएको छ। 

एमजीको नयाँ कम्प्याक्ट एसयूभी दुई ब्याट्री अप्सनमा आउने छ। १७.३ किलाट आवर ब्याट्री भएको सिंगल मोटरयुक्त कारले ४० पीएस पावर र २ सय किलोमिटर रेन्ज दिनेछ। त्यस्तै २६.७ किलोवाट आवर ब्याट्री भएको मोडलले ३ सय किलोमिटर रेन्ज दिनेछ। २६.७ किलोवाट आवरको ब्याट्री भएको माइक्रो एसयूभी भने डुवल मोटर अप्सनमा आउने छ। यो कारको पिक पावर भने १ सय पीएस हुनेछ। 

इन्फोटेनमेन्ट सिस्टम तथा इस्ट्रुमेन्ट क्लस्टरका लागि १०.२५ इन्चको स्क्रिन राखिनेछ। यो कारको मूल्य भारतीय बजारमा १० लाख भारुभन्दा कम हुने दाबी कम्पनीको छ। 

त्यस्तै भारतीय बाजरमा सार्वजनिक गर्ने तयारी गरेको कोमेट ईभीले पनि एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने छ। एमजीले कोमेट ईभी गुजरात प्लान्टबाट उत्पादन गर्नेछ। कम्प्याक्ट एसयूभी ईभी पनि एमजीले सोही प्लान्टबाट उत्पादन गर्नेछ। कोमेट ईभी विभिन्न ५ रंगमा आउनेछ। 

एमजीले भारतमा उत्पादन हुदै गरेको कोमेट ईभीलाई लोकलाइज गर्न खोजेको छ। कोमेटलाई लोकलाइज गरेपछि त्यसैमा आधारित रहेर माइक्रो एसयूभी उत्पादन गर्ने बताएको छ। यी विद्युतीय कारमा प्रयोग हुने ब्याट्री पनि भारतमै उत्पादन गर्ने योजना एमजी इन्डियाको छ। 

जीएसईभी प्लेटफर्ममै आधारित रहेर विद्युतीय कार बनाउने भएपनि त्यसमा प्रयोग हुने कम्पोनेन्टहरु स्थानीय प्रयोग गर्दा कारको मूल्य केही कम हुने अनुमान एमजीको छ। स्थानीय उत्पादनको प्रयोगमा बनाउँदा बिक्री पछिको सेवासमेत सस्तो हुने भएकाले उपभोक्तालाई सो कार खरिद गर्न थप प्रेरित गर्न सकिने विश्वास एमजीको छ। एमजीको माइक्रो एसयूभी २०२५ भित्रै भारतीय बजारमा बिक्रीका लागि आउने र यसको मूल्य १० लाख भारुभन्दा कमै हुने अनुमान छ। 

एमजीका विद्युतीय कार नेपाली बजारमा समेत उल्लेख संख्यामा बिक्री हुँदै आएको छ। हाल एमजीका विद्युतीय कार चीनबाट आयात हुँदै आएको छ। भारतमा बन्ने एमजीका सबै विद्युतीय कार नेपाली बजारमा आउने छन्। 


प्रकाशित : शनिबार, चैत ११ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend