आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार, पाँचजना पक्राउ

सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार, पाँचजना पक्राउ

प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ। 

images
images
images

छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत  सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ। प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

images
images

सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलिप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी, सर्लाहीका वरुणकुमार सिंह, काठमाडाैंका वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकका शिवानी तामाङ एजेन्टकै रुपमा संलग्न रहेको अनुसन्धानमा देखिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

images
images

सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडाैंको बानेश्वर, पेप्सीकोला र भक्तपुरको लोकन्थलीमा प्रहरीले गरेको खोज अनुस्न्धानमा उनीहरु सट्टेबाजी खेलमा प्रयोग हुने ‘वान-एक्स बेट’ का एजेन्ट रहेको पाइएको उनको भनाइ छ। उनीहरुले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका तीन सय ३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ। 

उनीहरुमध्ये दिलिपले विगत १ वर्षदेखि, भूपालराज न्यौपानेले विगत ९ वर्षदेखि, नयनराजले विगत ६ वर्षदेखि, बरुणकुमारले विगत ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोली रोशनी गुरुङलाई उक्त खाता चलाउन दिइ विगत ८ महिनादेखि र वासुदेव पाण्डेले एक महिनादेखि वान-एक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टका रुपमा काम थालेको अनुसन्धानमा देखिएको छ। 

उनीहरुले रकम संकलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरुको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ। 

उनीहरुमध्ये दिलिप, भुपालराज र नयनराजको नाममा रहेको आठवटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पोरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने गरेको पाइएको छ। 

तीमध्ये नौवटा खाताको कारोबार हेर्दा हालसम्म कुल सात करोड ७७ लाख ८७ हजार रूपैयाँ कारोबार भएको देखिएको छ। प्रहरीका अनुसार वरुणको खातामा ८२ लाख, शिवानीको खातामा ४७ लाख कारोबार भएको पाइएको छ। 

प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरुले अन्य ३५ जना व्यक्तिको नाममा डिडिटल वालेटमा खाता खोली ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख रूपैयाँ कारोबार गरेको पनि फेला पारेको छ। पक्राउ परेकाहरुको खाताबाट भने आठ करोड ८ लाख रूपैयाँ कारोबार भएको पाइएको छ। 

उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडाैंले अनुसन्धान थालेको छ। रासस 


प्रकाशित : बिहीबार , चैत ९ २०७९१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend