आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

स्थानीयले पिपल फाल्न नदिएपछि...

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
स्थानीयले पिपल फाल्न नदिएपछि...

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ। तुलसीपुर-८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताए।

images
images

तुलसीपुर- वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ। यो दृश्य तुलसीपुर उपमहानगरपालिका-११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो। सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ।

images
images
images

‘रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्’, वडाध्यक्ष मानबहादुर रावतले भने, ‘स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो।’

images
images

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ। पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको वडाध्यक्ष रावतले बताए। ‘विगतमा सडक छेउ रहेको पिपल सडक विस्तारका क्रममा बीच भागमा पुगेको छ’, उनले भने, ‘सडक विस्तारपछि सडक पाँच मिटरबाट १० मिटर बनाइएको छ।’

images
images

तुलसीपुर उपमहानगरपालिका-८ को कृष्ण मन्दिरदेखि पश्चिम टिकरीतर्फ जाने सडकमा पनि सडकबीचमै पोल राखेर कालोपत्र गरिएको छ। सडकको बीचमा पर्ने पोल हटाउनका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावका कारण पोल हटाउन नसकिएको तुलसीपुरस्थित विद्युत् कार्यालयले जनाएको छ।

‘हामीसँग सडकबीचमा रहेका पोल हटाउन बजेट हुँदैन। सम्बन्धित कार्यालयले पोल हटाउन बजेट छुट¥याएर काम गर्ने हो’, विद्युत् कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भने। सडकका पोल हटाउन पनि केन्द्रबाट अनुमति लिनुपर्ने उनको भनाइ छ।‘सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने गरिएकाले यस्तो समस्या आएको हो। पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो’, उनले भने।

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ। तुलसीपुर-८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताए। ‘हामी बानी परेकालाई त केही हुँदैन’, उनले भने, ‘नयाँ मानिसलाई सवारीसाधन चलाउन समस्या हुन्छ, पोलमा ठोक्किने सम्भावना हुन्छ।’ रासस


प्रकाशित : बिहीबार , चैत ९ २०७९०९:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend