सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टिकटकमार्फत खाबी लिम कसरी चर्चित बने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
टिकटकमार्फत खाबी लिम कसरी चर्चित बने

काठमाडौं- खाबी लिम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लिमको नाम दर्ता भएको छ।

लिमको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गरिरहेका छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन्। लाखौँ व्यक्तिहरूले लिमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन्। अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन्। अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन्।

खाबी लिम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन्। २१ वर्षीय लिमको अहिले इटलीमा बसाबास रहेको छ। एक कारखानामा मजदूरका रूपमा काम गर्ने लिमले कोभिड महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

लिमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नो रमाइलो भिडियो देखाउने गरेका छन्। बिनाकारण मानिसहरूले काम जटिल बनाएका छन् भनेर लिमले देखाउने गरेका छन्। तर भिडिओमा उनी बोल्दैनन्।

लिमको अनुहारको नाटकीय भाव र हात चलाउने तरिका देखेर मानिसहरू रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ। रासस/एएफपी


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०८:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend