आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा, चार हजार बढी लाभान्वित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा, चार हजार बढी लाभान्वित

प्रदेश सरकारको एक करोड ५४ लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इन्जिनियर वामदेव पौडेलले जानकारी दिए।

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ। जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। 

images
images
images

प्रदेश सरकारको एक करोड ५४ लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इन्जिनियर वामदेव पौडेलले जानकारी दिए। ८ सय ५८ घरधुरीका करिब चार हजार दुईसय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए।

images
images

पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन्।आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। इन्जिनियर वामदेव पौडेलले भानु नगरपालिका-१० स्थित चेककोट खानेपानी आयोजनाको लागि बीस लाख रूपैयाँ बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो।

images
images

ऋषिङ गाउँपालिका-३ को भीरकोट खानेपानी आयोजनाबाट एकसय ६०, ऋषिङ गाउँपालिका-८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास-९ को सतिश्वारा खोपानीबाट एकसय ५० ,बन्दीपुर-२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्। त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी-२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु-५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर-१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका-४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुनेछन्। रासस 


प्रकाशित : बिहीबार , चैत ९ २०७९०८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend