बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हुन्डाईले ईभी चार्ज गर्न ल्यायो ‘अटोमेटिक चार्जिङ रोबोट’

बिहीबार , चैत ९ २०७९
हुन्डाईले ईभी चार्ज गर्न ल्यायो ‘अटोमेटिक चार्जिङ रोबोट’

यो प्रविधि हुन्डाईले आफ्नो आयोनिक सिक्स विद्युतीय कारमा रहेको सीसीएस कम्बो वान प्लय प्रयोग गरेर देखाएको हो।

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर ग्रपले हालै विकास गरेको अटोमेटिक चार्जिङ रोबोट (एसीआर) सार्वजनिक गरेको छ। हाल चार्जिङ प्रयोजका लागि विकास गरिएको यो रोबोटले केही समय भित्रै मानिसलाई समेत सहयोग गर्ने अनुमान गरिएको छ। 

एसीआर एक हाते रोबोट हो। यो रोबोटले विद्युतीय सवारीसँगै आफै सम्पर्क गर्ने छ र विद्युतीय कारको चार्जिङ पोर्ट खोल्न सक्षम रहेको छ। साथै सो रोबोटले ठीक ढंगले कारको पोर्ट र चार्जिङगनलाई सही तरिकाले जोड्ने छ। यो सबै काम गर्न रोबोटलाई थ्रीड क्यामेरासहितको आर्टिफिसियल इन्टेलिजेन्स अल्गोरिदम प्रविधि प्रयोग गरिएको छ। 

यो प्रविधि हुन्डाईले आफ्नो आयोनिक सिक्स विद्युतीय कारमा रहेको सीसीएस कम्बो वान प्लय प्रयोग गरेर देखाएको हो। एसीआरले चार्ज सुरु भएर फुल चार्ज भएपछि अन प्लग भएर चार्जर आफ्नै स्टान्डमा पुग्नेछ। यो रोबोटले सबै मौसम तथा वातावरणमा सजिलै काम गर्न सक्ने हुन्डाईले जनाएको छ। 

हुन्डाईले ल्याएको यो एसीआरले विद्युतीय कार चालकहरुलाई धेरै नै सहज बनाउने अनुमान गरिएको छ। तर यो अँध्यारो ठाउँका लागि भने केही असहज हुन सक्नेछ। मुख्यगरि यो रोबोटले पार्किङमा रहेका विद्युतीय कारहरुलाई चार्ज गर्न सहजिलो हुनेछ। अर्को भनेको अटोनोमस सवारी चार्ज गर्न झनै सजिलो हुनेछ। 

हुन्डाईले सार्वजनिक गरेको गरेको सो रोबोटको प्रोटोटाइप २०२२ जुलाईमा सार्वजनिक भएको सीजीआईमा आधारित रहेको छ। यो चार्जरबारे हुन्डाईले यही मार्च ३१ देखि हुने २०२३ सोल मोबिलिटी शोमा विस्तृतमा उल्लेख गर्नेछ। 

यद्यपी अटोमेटिक चार्जिङ रोबोट हुन्डाई मोटर ग्रुपले नै पहिलो पटक ल्याएको भने होइन। यही प्रकारको प्रोटोटाइप तथा कन्सेप्ट यसअघि पनि विभिन्न कम्पनीहरुले सार्वजनिक गरेका छन्। टेस्लाले स्नेक र फक्सवागनले पनि रोबोट चार्जरको कन्सेप्ट ल्याएको थियो।

तर यस्तो कन्सेप्टहरु व्यवसायिक रुपमा उत्पादन भएर बजारमा आउँछन् वा आउँदैनन् भन्ने हो। व्यवसायिक उत्पादन भएर आउनका लागि यस्ता रोबोटको वास्तविक माग कति हुन्छ र मूल्य कति लाग्छ भन्ने कुराले अर्थ राख्छ। उच्च प्रविधियुक्त यस्ता उत्पादन आजको आवस्यकता पक्कै बनेको छ।    


प्रकाशित : बिहीबार , चैत ९ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend