आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एउटै व्यक्ति एकसाथ बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक समितिमा बस्न नपाइने 

images
बुधबार, चैत ८ २०७९
images
एउटै व्यक्ति एकसाथ बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक समितिमा  बस्न नपाइने 
images
images

काठमाडौं- बैंक तथा वित्ती संस्था र रेमिट्यान्स, मनी चेञ्जर कम्पनीमा एउटै व्यक्ति एक साथ सञ्चालक समितिमा बस्न नपाइने भएको छ। 

images
images
images

राष्ट्र बैंकबाट इजाजत पाएका कुनै एक प्रकृतिको संस्थाको सञ्चालक समितिमा रहेको व्यक्ति एकै समयमा अर्को प्रकृतिको संस्थाको सञ्चालक समितिमा बस्न नपाइने भएको हो। 

images
images

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७६ मा थप व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी काम गर्न अनुमति पाएको संस्थामा सञ्चालक वा पदाधिकारी बहाल रहेको व्यक्ति एकै पटक मनिचेञ्जर, विप्रेषण कम्पनीको सञ्चलक समितिमा बस्न नपाइने व्यवस्था गरेको छ। 

images
images

त्यस्तै विप्रेषण वा मनिचेञ्जरमा पनि एकसाथ दुई संस्थामा बस्न नपाइने व्यवस्था गरेको छ। अहिले कुनै व्यक्ति दोहोरिएको भएमा २०८० असोजभित्र अनिवार्य रुपमा नियमित गर्नुपर्ने छ। 


प्रकाशित : बुधबार, चैत ८ २०७९१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend