आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विदेशी मुद्राको विनिमय दर खरिद मूल्यको १ प्रतिशतभन्दा बढी राख्न नपाइने, अमेरिकी डलरमा अन्तर ६० पैसामात्र हुनुपर्ने  

images
बुधबार, चैत ८ २०७९
images
विदेशी मुद्राको विनिमय दर खरिद मूल्यको १ प्रतिशतभन्दा बढी राख्न नपाइने, अमेरिकी डलरमा अन्तर ६० पैसामात्र हुनुपर्ने  
images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा खरिद र बिक्री मूल्यबीचको अन्तरको क्याप पालना गर्नुपर्ने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको दररेट तोक्दा खरिद र बिक्री मूल्यबीचमा निश्चित रकम वा प्रतिशभन्दा बढी तोक्न नपाइने व्यवस्था गरेको छ। 

images
images

यसमा परिवर्त्य विदेशी मुद्राको खरिद र बिक्री मूल्यबीचमा १ प्रतिशतभन्दा मुनीको अन्तर हुनुपर्ने छ। अर्थात् न्यूनतम खरिद मूल्यको तुलनामा बिक्री मूल्य १ प्रतिशतभन्दा बढी राख्न नपाइने भएको छ। 

images
images

तर अमेरिकी डलरको हकमा भने ६० पैसाभन्दा धेरै नहुने भएको छ। खरिद मूल्यको तुलनामा बिक्री मूल्य ६० पैसाभन्दा बढी राख्न नपाइने भएको छ। 


प्रकाशित : बुधबार, चैत ८ २०७९१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend