आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चाँदी आयातका लागि विदेशी विनिमय सुविधाको सीमा बढ्यो, एक पटकमा ६० हजार डलर पाउने

images
बुधबार, चैत ८ २०७९
images
चाँदी आयातका लागि विदेशी विनिमय सुविधाको सीमा बढ्यो, एक पटकमा ६० हजार डलर पाउने

त्यस्तै यस्ता गहना बनाएर निर्यात गर्नेका लागि मासिक चाँदी खरिदको सीमा पनि नलाग्ने भएको छ। महिनामा चाँदीको व्यवसाय गर्नेहरूले प्रक्रिया पूरा गरेपछि १ किलोग्राम चाँदी खरिद गर्नसक्ने व्यवस्था रहेको छ। तर गहना बनाएर निर्यात गर्नेका लागि यो सीमा लागू नहुने भएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चाँदी आयात खुकुलो बनाइदिएको छ। राष्ट्र बैंकले चाँदी आयातका दिइने विदेशी मुद्राको विनिमय सुविधा र परिमाणको सीमा केही खुकुलो बनाइदिएको हो। 

images
images
images

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै चाँदी आयातका लागि दिइने भुक्तानी सुविधाको सीमा ३५ हजार अमेरिकी डलरबाट ६० हजार बनाइदिएको छ। 

images
images

यसअघि गत वर्ष राष्ट्र बैंकले यस्तो सुविधा ३५ हजार डलरमा सीमित बनाइदिएको थियो। चाँदीका गहना निर्यात गर्नेहरूका हकमा भने यस्तो सीमा लागु नहुने भएको छ। चाँदीका गहना बनाएर बिक्री गर्नेका लागि निर्यातको यकिन भएपछि भुक्तानीको सीमा लागू हुने छैन। 

images
images

त्यस्तै यस्ता गहना बनाएर निर्यात गर्नेका लागि मासिक चाँदी खरिदको सीमा पनि नलाग्ने भएको छ। महिनामा चाँदीको व्यवसाय गर्नेहरूले प्रक्रिया पूरा गरेपछि १ किलोग्राम चाँदी खरिद गर्नसक्ने व्यवस्था रहेको छ। तर गहना बनाएर निर्यात गर्नेका लागि यो सीमा लागु नहुने भएको छ। 

गत वर्ष विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले सुन र चाँदीको आयातमा कडाइ गरेको थियो। सुन चाँदी आयाका लागि भुक्तानीदेखि सीमा पनि घटाएको थियो। 

 


प्रकाशित : बुधबार, चैत ८ २०७९१४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend