बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीएटएलको ब्याट्री र अत्याधुनिक विशेषतायुक्त निटा भी, २०२४ मा आउने छ निटा ब्रान्ड स्केटबोर्ट च्यासिसमा

बिहीबार , चैत ९ २०७९
सीएटएलको ब्याट्री र अत्याधुनिक विशेषतायुक्त निटा भी, २०२४ मा आउने छ निटा ब्रान्ड स्केटबोर्ट च्यासिसमा

यसलाई सीएटीएल इन्टिग्रेटेड इन्टेलिजेन्ट च्यासिस भनिएको छ। यो च्यासिसमा आधारित रहेर कार उत्पादन गर्दा कारको मूल्य कम हुने, कारको रेन्ज बढ्ने र ड्राइभर र प्यासेन्जरका लागि लेगरुम स्पेस बढ्ने होजोनले जनाएको छ

काठमाडौं- विद्युतीय सवारीको सबैभन्दा सवल पक्ष मध्येको एक त्यसमा प्रयोग हुने ब्याट्री हो। विद्युतीय खरिदकर्ताहरुले धेरै चासो दिएर सोधीखोजी गर्ने विषय पनि कारले दिने रेन्ज नै हो। ब्याट्री उत्पादकहरु लिथियम आयन ब्याट्रीलाई नै परिस्क्रित गर्न लागि गरेका छन् भने यसको विकल्पमा धेरै रेन्ज दिने र कम मूल्यमा ब्याट्री उत्पादन गर्न लागिपरेका छन्।

त्यस्तै मध्येको एक कम्पनी हो विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएल। सीएटीएलले आगामी वर्षदेखि सोडियम आयन ब्याट्री उत्पादन गर्ने घोषणा गरिसकेको छ। यसैगरि सीएटीएलले स्केडबोर्ड च्यासिसमा काम गरिरहेको जनाएको छ।

स्केटबोर्ड च्यासिस बडी अन फ्रेम आर्किटेक्चरमा ब्याट्री उत्पादन हुनेछ। चीनको ठूलो मध्येको एक स्टार्टअप विद्युतीय कार उत्पादक कम्पनी होजोनले सीएटीएलसँग सहकार्य गर्ने सम्झौता गरिसकेको छ। २०२३ जनवरीमा भएको सम्झौताअनुसार सीएटीएलले उत्पादन गर्ने बडी अन फ्रेम आर्किटेक्चरमा आधारित स्केटबोर्ड च्यासिस एक्सक्लुसिभली निटा ब्रान्डका कारमा प्रयोग हुनेछ। यो प्लेटफर्ममा आधारित कार २०२४ मा बजारमा आउनेछ।

के हो स्केटबोर्ड च्यासिस

सो आर्किटेक्चर सामान्य रुपमा भन्दा स्केटबोर्ड च्यासिस हो जो ब्याट्री र विद्युतीय मोटरको घर हो। यसका साथै उक्त स्केटबोर्ड च्यासिसमा विद्युतीय कारमा प्रयोग भएका अन्य विद्युतीय प्रणाली पनि एकीकृत गरेर राखिएको हुन्छ।

सीएटीएलसँग सम्झौता गरेर उक्त प्लेटफर्म प्रयोग गर्ने पहिलो कम्पनी होजोन बनेको छ। यसलाई सीएटीएल इन्टिग्रेटेड इन्टेलिजेन्ट च्यासिस भनिएको छ। यो च्यासिसमा आधारित रहेर कार उत्पादन गर्दा कारको मूल्य कम हुने, कारको रेन्ज बढ्ने र ड्राइभर र प्यासेन्जरका लागि लेगरुम स्पेस बढ्ने होजोनले जनाएको छ।

नयाँ सम्झौताले सीएटीएल र होजोनको सहकार्य थप मजबुत बनाएको छ। दुई कम्पनीबीच २०२१ बाट सहकार्य सुरु भएको थियो। हाल होजोनले उत्पादन गर्ने निटा ब्रान्डका भी, यू, यूप्रोलगायत कारमा पनि सीएटीएलले उत्पादन गरेको उत्कृष्ट ब्याट्री प्रयोग हुँदै आएको छ।

catl batteri.jpg

नेपाली बाजरमा निटा ब्रान्डका विद्युतीय कार चौधरी समूहअन्तर्गतको सीजी मोटरले एक वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने निटा भी नेपाल भित्रिएको छोटो समयमै लोकप्रिय बनेको छ।

होजोन चीनको चर्चित मध्येको एक विद्युतीय कार उत्पादक कम्पनी हो, जसले २०२२ मा १ लाख ५० हजार विद्युतीय कार बिक्री गरेको थियो। २०२३ मा होजोनले निटा ब्रान्डका विद्युतीय कार चीनमा २ लाख ५० हजारभन्दा धेरै बिक्री हुने अनुमान गरेको छ। त्यस्तै नेपाली बजारमा पनि सीजी मोटरले एक वर्षमै १ सय ५० वटाभन्दा बढी निटा भी विद्युतीय कार बिक्री गरिसकेको छ। त्यस्तै यो कारको माग उल्लेख्य रहेको कम्पनीले जनाएको छ।

निटा भीका विशेषता

ब्याट्री- निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी- निटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ।

कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर निटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ।

च्यासिस- निटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको निटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।

एक्सटर्नल पावर- निटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले निटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज- निटा भीमा प्रयोग भएको ३८.५ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।

ग्राउन्ड क्लियरेन्स- नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको निटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा निटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ।

वारेन्टी- सीजी मोटरले निटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले गरिएको छ।

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय नेपाली बजारमा आएको निटा भी परिमार्जनसहित आएको छ। सीजी मोटरले विद्युतीय कारको सर्भिसलगायत र चार्जिङ नेटवर्क विस्तारमा काम गरिरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , चैत ९ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend