आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

होटल पौवाकाे चेन पोखरामा खुल्यो, १०० होटल खोल्ने लक्ष्य

images
बुधबार, चैत ८ २०७९
images
होटल पौवाकाे चेन पोखरामा खुल्यो, १०० होटल खोल्ने लक्ष्य

पौवा आतिथ्य सेवालाई मूल मन्त्रको रुपमा सञ्चालित होटल हो। संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफ्नो विस्तारको लक्ष्य लिएको छ। सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन्।

images
images

पोखरा- नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय सहर पोखराको लेकसाइडमा आफ्नो आतिथ्य सेवा सुरू गरेको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औँ शाखा सञ्चालनमा ल्याएको हो। 

images
images
images

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ। तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छाैँ’, होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भने, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हाैँ। हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबैमा नेपालीपनको हुने प्रतिबद्धता जनाउँछौँ।’

images
images

pauwa.jpg

images
images

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११औँ शाखाको रुपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ भने पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए। पौवाको लक्ष्यअनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अर्बाैँ पुग्ने होटलले जनाएको छ । 

पौवा आतिथ्य सेवालाई मूल मन्त्रको रुपमा सञ्चालित होटल हो। संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफ्नो विस्तारको लक्ष्य लिएको छ। सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन्। प्रत्येक कोठामा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ। कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। 

pauwa 11.jpg

होटलमा दुईवटा सेमिनार हल रहेका छन्, जहाँ एकैपटक फरक-फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ। पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो। फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाह उत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ। ठूलो उपस्थितिका लागि पार्किङ छ। 


प्रकाशित : बुधबार, चैत ८ २०७९१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend