आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

८ महिनामा १० खर्ब ५८ अर्बको सामान आयात हुँदा १ खर्बको निर्यात

images
बुधबार, चैत ८ २०७९
images
८ महिनामा १० खर्ब ५८ अर्बको सामान आयात हुँदा १ खर्बको निर्यात

व्यापार घाटा १७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा कुल १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। 

images
images
images

चालु आवको साउनदेखि फागुन मसान्तसम्ममा सरकारले भारत लगायत तेस्रो मुलुकबाट सो रकम बराबरको सामान आयात गरेको हो। आयातको तुलनामा निर्यात भने न्यून छ। ८ महिनामा १ खर्ब  ४ अर्ब रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ।

images
images

गत आवको सोही अविधिको तुलनामा चालु आवमा आयात र निर्यात दुवै घटेको हो। भन्सार विभागका अनुसार आयात १९.१३ र निर्यात २९.०७ प्रतिशतले घटेको हो। गत आवको सोही अविधिमा नेपालले १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको थियो भने १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।

images
images

यसैगरी चालु आवमा कुल वैदेशिक व्यापारमा पनि २० प्रतिशतले कमी आएको छ। गत आवको सोही अविधिमा कुल १४ खर्ब ५६ अर्बको वैदेशिक व्यापार भएको थियो। चालु आवमा भने ११ खर्ब ६३ रुपैयाँको वैदेशिक व्यापार भएको छ।

व्यापार घाटा १७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ। 


प्रकाशित : बुधबार, चैत ८ २०७९११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend