आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

बीउ आलुका लागि दुईसय मेट्रिक टन, र बाँकी बिक्रीका लागि रहने आलु भण्डारण गरिनेछ।

images
images

नेपालगञ्ज- आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ। 

images
images
images

गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ। ‘बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ’, उनले भने।

images
images

पालिकामा एक किसानले कम्तीमा तीनदेखि चार हजार बोरा आलु उत्पादन गर्छन्। उत्पादित आलु भण्डारण गर्न अहिले कोहलपुस्थित शीतभण्डारमा लैजाने गरिएको छ। सातसय मेट्रिक टन आलु भण्डारण क्षमता भएको शीतभण्डारमा आलु बीउ, तरकारी खाने आलु र दैनिक बिक्री गर्न लैजाने आलुको भण्डार गर्ने लक्ष्यसहित स्थापना गर्न लागिएको हो। 

images
images

बीउ आलुका लागि दुईसय मेट्रिक टन, र बाँकी बिक्रीका लागि रहने आलु भण्डारण गरिनेछ। ‘आगामी दसैँसम्ममा शीतभण्डारको काम हुने र अबको सिजनको आलु भण्डारण गर्न मिल्ने गरी निर्माण भइरहेको छ’, उनले भने।

शीतभण्डार निर्माणसँगै किसानले आलु भण्डारण गर्न कोहलपुरलगायतका ठाउँमा लैजाने अवस्थाको समेत अन्त्य हुने उनको विश्वास छ। शर्माले यो वर्ष पनि बजेट कटौती भए पुनः सम्झौता भएको म्याद थप हुने उल्लेख गर्दै ट्रष्ट राखेर उपकरण जडानलगायतका काम बाँकी रहेको बताए। 

सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी २०७९ असार १७ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ट्रष्ट निर्माणको कामसमेत पूरा नभएको पारामाउण्ट नेचुरल जेभी काठमाडौंका प्रमुख कमल अधिकारीले जानकारी दिए। उनले ट्रष्ट निर्माणको काम केही भएको र ट्रष्ट निर्माणको काम भारतीय कम्पनीले लिएको बताए। डुडुवा गाउँपालिकाको पाँच करोड ८९ लाख २८ हजार पाँचसय ५२ रूपैयाँमा शीतभण्डार निर्माण गर्न लागिएको हो। 

सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १९ मा निर्माण पूरा गरी डुडुवा गाउँपालिकालाई बुझाउनु पर्नेछ। तर, तोकिएको समयमा निर्माण पूरा गर्न नसकिने निर्माण कम्पनीले जनाएको छ। ‘तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना छैन, कम्तीमा चार महिना समय थप गर्नुपर्ने देखिन्छ’, निर्माण कम्पनीका प्रमुख अधिकारीले भने। रासस 


प्रकाशित : बुधबार, चैत ८ २०७९०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend