बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीजी मोटर्सको 'स्वीच टू ईभी' एक्सचेन्ज क्याप : जुनसकै कारसँग विद्युतीय निटा भी साट्न सकिने

बुधबार, चैत ८ २०७९
सीजी मोटर्सको 'स्वीच टू ईभी' एक्सचेन्ज क्याप : जुनसकै कारसँग विद्युतीय निटा भी साट्न सकिने

साथै ग्राहकले स्पट भ्यालुएटर मार्फत आफ्नो पुरानो गाडीको उत्कृष्ट मूल्यांकन पाउने छन्।

काठमाडौं- विद्युतीय कारको एक्सचेन्ज लागि सीमी मोटर्सले एक्सचेन्ज क्याम्प सुरु गरेको छ। निटा भीकाे नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘स्वीच टू ईभी’ एक्चेन्ज क्याम्प 
सञ्चालनमा ल्याएको हो। 

सीजी मोटर्सले बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुने गरी उक्त क्याम्प सुरू गरेको हो। उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको पुरानाे गाडीसँग नयाँ विद्युतीय कार निटा भी साट्न सक्नेछन्।

साथै ग्राहकले स्पट भ्यालुएटर मार्फत आफ्नो पुरानो गाडीको उत्कृष्ट मूल्यांकन पाउने छन्। कार्यक्रममा सहभागी ग्राहकहरूले फ्रि-रिफ्रेसमेन्टका साथै स्योरसट गिफ्ट ह्याम्पर समेत पाउने छन्।

एक्चेन्ज क्याम्पमा निटा भी टेष्ट ड्राइभका साथै यो अत्याधुनिक विशेषताले भिरएको विद्युतीय कार तथा विभीन्न अफरका बारेमा समेत जानकारी लिन सकिने सीजी मोटर्सले जनाएको छ।

स्पट फाइनान्सको समेत व्यवस्था रहेको उक्त एक्सचेन्ज क्याम्प निटा भीको काठमाडौं, भक्तपुर, विराटनगर तथा चितवन लगायत सम्पूर्ण शोरुममा सञ्चालन भइरहेको छ।

निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ। निटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ।

विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ। कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर निटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ। 

निटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको निटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ। निटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले निटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

निटा भीमा प्रयोग भएको ३८.५ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।

क्रसओभर सेगमेन्टको निटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। 
सीजी मोटरले निटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ।  


प्रकाशित : बुधबार, चैत ८ २०७९०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend