आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रानी-जमरा-कुलरिया सिँचाइ : एक दशकमा आधा पनि सकिएन काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
रानी-जमरा-कुलरिया सिँचाइ :  एक दशकमा आधा पनि सकिएन काम

एउटै समयमा सुरू भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ। सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाले जानकारी दिए।

images
images

भजनी- आर्थिक वर्ष २०६८/६९ मा सुरू भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी-जमरा-कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन।

images
images
images

निर्माण सुरू भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ। कुल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरू भएको आयोजना निर्माणको म्याद आव २०८०/८१ मा सकिँदैछ। आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । 

images
images

रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन। जमरा खण्डको कामले सुरूदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन्। एउटै समयमा सुरू भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ। सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ। निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उनको भनाइ छ। 

images
images

'सबै क्षेत्रमा एकैसाथ काम सुरू भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ', उनले भने, 'हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन।'

आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन्। जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशंकर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन्। साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। 

दुई वर्ष कोरोना संक्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ। रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति नदेखिएको स्वीकार गरे।कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू५४ करोडमा ठेक्का पाएको थियो ।

'काम गर्दै आएका छौँ। सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ। अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ', उनले भने, 'काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो। कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो।'

कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन्। उनले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष  देखाए।

'काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ। हाम्रो कारणले काममा ढिलाइ भएको छैन', उनले भने, 'कामका बारेमा कति प्रगति निकै कम भएको छ। त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो।'

निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ। समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पारे।

उनले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाए। 'ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन। किसानले मूल समितिलाई आरोप लगाउँछन्', अध्यक्ष शाहीले भने, 'समस्या किसानलाई भएको छ। समयमा कुलोमा पानी ल्याउन पाएको छैन। समयमा खेती गर्न पाएको छैन।' रासस


प्रकाशित : बुधबार, चैत ८ २०७९०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend