आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

धुलिखेल-खावा सडक विस्तारमा ढिलाइ : नौ महिनामा १० प्रतिशत काम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ७ २०७९
images
धुलिखेल-खावा सडक विस्तारमा ढिलाइ : नौ महिनामा १० प्रतिशत काम

कार्यालयका इन्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको जानकारी दिए। सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाखमा सम्झौता गरिएको थियो। 

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ।

images
images
images

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो। निर्माण सुरू भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ। उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी-पार्वती निर्माण सेवा प्रालीबीच सम्झौता गरेको थियो। 

images
images

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्न लागिएको छ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो। 

images
images

कार्यालयका इन्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको जानकारी दिए। सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाखमा सम्झौता गरिएको थियो। 

कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म कुनै पत्रको जवाफ पठाएका छैनन्। पत्रको बेवास्ता गरेपछि कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युतको खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ। कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ। 

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो। सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ। 


प्रकाशित : मंगलबार, चैत ७ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend