आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

६ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पाएन पूर्णता, बजेट अभावले रोकियो काम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ७ २०७९
images
६ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पाएन पूर्णता, बजेट अभावले रोकियो काम

अहिलेसम्म कभर्ड हलमा एक करोड १० लाख रूपैयाँ खर्च भइसकेको छ।

images
images

गण्डकी- लेखनाथ रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ। पोखरा-२९ भण्डारढिकमा ६ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छै । 

images
images
images

पोखरा रंगशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रंगशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन्। निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताए।

images
images

चालु आर्थिक वर्षमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन। पोखरा महानगरसहित संघ र प्रदेश सरकारबाट यतिबेला बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताए। अहिलेसम्म कभर्ड हलमा एक करोड १० लाख रूपैयाँ खर्च भइसकेको उनको भनाइ छ। आव २०७४/७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको ११ लाख रूपैयाँ बजेटबाट कभर्ड हलको निर्माण सुरू गरिएको थियो। 

images
images

त्यसयता राष्ट्रिय खेलकुद परिष्दको ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको २५ लाख रूपैयाँ बजेट खर्च भइसकेको छ। उक्त बजेटबाट कभर्ड हलमा भूइँतलाको पिलर र गारो लगाउने काम भएको छ। 

‘सबै संरचना तयार गर्न अझै तीन करोड लाग्छ रूपैयाँ', अध्यक्ष खड्काले भने, ‘भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो।’ कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुनेछ। सुरूमा तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने देखिएको छ। नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टंकलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिएका थिए। 

प्रदेश सरकारका प्रतिनिधिले पनि पटक-पटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन्। तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ। ‘जुन उद्देश्यले कभर्ड हलको योजना सुरू गरेका थियौँ, सोअनुसार काम नहुँदा हामी पनि दुःखी छौँ’, अध्यक्ष खडकाल भने, ‘अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ।’ 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताए। ‘कोभिड-१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ’, उनले भने, ‘खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन।’ 

लेखनाथ रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताए। ‘खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रंगशाला उपयुक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रंगशाला बन्छ’, उनले भने। 

रंगशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताए। ‘स्थानीयले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छाड्यौँ’, उनले भने, ‘पूर्वाधार नै नभएपछि रंगशाला नाम मात्रको भएको छ।’ रासस 


प्रकाशित : मंगलबार, चैत ७ २०७९०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend